काठमाडाैं । नेपालको पर्यटन क्षेत्रलाई नै विश्वभरी बदनाम गराएको नक्कली उद्धारको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
वर्षौंदेखि चर्चामा रहे पनि अलपत्र छाडिएको नक्कली उद्धारको धन्दामा अनुसन्धान गरिरहेको सीआईबीले तत्काल करिब ३० जनाविरुद्ध मुद्दा चलाउने सम्भावना देखिएको हाे । त्यसमा हेलिकाेप्टर र ट्रेकिङ कम्पनीका साथै अस्पताल सञ्चालकहरु र विचौलिया समेत पर्ने भएका छन् ।
हिमाली क्षेत्रमा पुगेका पर्यटकहरुको हेलिकाेप्टर रेस्क्युको नाममा हुँदै आएको लूट र ठगीको अनुसन्धानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तिम चरणमा पुर्याएको छ । हिमाल आरोहण तथा पद यात्रामा गएका विदेशी पर्यटकहरुलाई विरामीका नाममा नक्कली उद्धार गरेर ठूलो रकम असुल गर्ने तीन वटा उद्धार कम्पनिबाट सुरु भएको अनुसन्धानले यो धन्दामा ठूलै संगठित गिरोह रहेको खुलाएको छ । माउण्टेन रेस्क्यु सर्भिस , नेपाल चार्टर सर्भिस र एभरेष्ट एक्सपिरियन्सका संचालकहरुसहित ६ जनालाई पक्राउ गरेर शुरु गरिएको अनुसन्धानमा अस्पताल समेत मुछिएका छन ।
उद्धार गरेर ल्याइएका पर्यटकहरुका लागि उच्च शुल्क असुल गरेर चिकित्सकको समेत नक्कली हस्ताक्षेर गराएको देखिएपछि काठमाडौंको श्रीद्धि अस्पतालका संचालक डाक्टर ग्रिवाण तिमल्सिना पक्राउ परिसकेका छन्भने इरा अस्पताल र स्वाकन अस्पताल पनि नक्कली उद्धारको संजालमा संलग्न रहेको खुलेको छ । यी अस्तालका संचालहरु भने फरार छन् । उद्धारतकर्ताले ल्याएका अधिकांश विरामी यिनै अस्पतालहरुमा पुर्याउने गरेको पनि खुलेको हाे । यिनीहरुले पैसा बुझाइसकेका पर्यटकलाई उपचार नगरी बाहिर जान दिने गरेका थिए भने पैसा बुझाउन नसक्नेहरुलाई लागि भित्रै राख्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
बीमा कम्पनीले उपचारमा आशंका गरेर बिरामी देखाउन भन्दा विभिन्न बहाना गर्ने तर विरामी भेट्न नदिने गरेको पनि खुलासा भएको हाे । कतिसम्म भने बीमा दाविका लागि उपचार गर्ने भनिएको चिकित्सकको हस्तक्षार समेत नक्कली भएको खुलेको छ । एउटै हलेकिप्टरमा उद्धार गरेर ल्याइएका पाँच जना पर्यटकहरुको फरक फरक उद्धार र उपचारका गरेको भन्दै माउण्टेन रेस्क्यु सर्भिसले मात्रै सन २०२२ देखि यता १२ सय ४८ जनाको विदेशी पर्यटकको उद्धार गरेकोमा १ सय ७१ जनाको नक्कली देखिएको छ । जसबाट माण्टेन रेस्क्युले १ अर्ब भन्दा बढीको बीमा दावी गरेको छ । त्यस्तै, नेपाल चार्टर सर्भिस नक्कली उद्धार गर्ने अर्को कम्पनी हो ।
जसका संचालक रवीन्द्र अधिकारी पक्राउ र म्यानेवर विवेकराज थपलिया पक्राउ परेका छन । नेपाल चार्टर सर्भिसले तीन वर्षमा ४ सय ७१ उद्धार गरेकोमा ७५ उद्धार एउटै अस्पतालमा लगेर बीमा अशुल गरेको खुलेको हाे । त्यस्तै, ट्रेकिङ कम्पनी र हेलिकप्टर संचालक तथा नागरिक उड्डयन प्राधिकरणबाट उद्धारको विवरण उपलब्ध नगराउन विचौलियाको भूमिका खेलेका थप चार जना पनि पक्राउ परेका छन् । पानोरमा ट्रेकिङ कम्पनी, हिमालयन एडभेन्चर एण्ड एक्पेडिसनका संचालक पक्राउ परिसकेका छन् । नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपेडिसनसहित अन्य ट्रेकिङ कम्पनीमाथि अनुसन्धान भैरहे पनि संचालकहरु फरार रहेका हुन् ।
सीआईबीले नागरिक उड्डयन प्राधिकरणसँग उद्धारका लागि उडेका हेलिकाेप्टरहरुको विवरण मागको थियो । तर हवाई विज्ञका रुपम काम गरेका राजेन्द्र बहादुर सिंहले प्राधिकरणमा दवाव दिएर आफूसँग उद्धार गरेको नभै हेलिकाेप्टर उडानको मात्रै संख्या हुने पत्र सिआइबीमा पठाएका थिए । अनुसन्धानलाई प्रभावित पारेको प्रमाण भेटिएपछि सिंह पनि पक्राउ परिसकेका छन् । नक्कली उद्धारमा परेका करिब ५ जना विदेशीले दिएको जोहरीसंगै उनीहरुले दिएको बिललाई प्रमुख प्रमाण मानिएको हाे । एउटै कम्पनीले ३ अर्ब सम्म अशुल गरेको देखिएको सीआईबीको दावी छ ।
१० जनालाई हिरासतमा राखेर अनुसन्धान अन्तिम चरणमा पुर्याएको सीआईबीले हेलिकप्टर संचालकदेखि अस्पताल संचालक र ट्रेकिङ कम्पनीसम्म गरेर ३० जना भन्दा विरुद्ध मुद्दाका लागि सिफारिस गर्ने तयारी गरेको छ । पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय रुपमै बदनाम गराउनेहरुलाई राष्ट्रहित विपरितको कसुर, ठगी, संगठित अपराध र लिखत किर्ते सम्बन्धी मुद्दा चलाउनका लागि सिफारिस गरिने भएको छ ।
भिडियाे रिपाेर्ट:








प्रतिक्रिया दिनुहोस्