Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


अमेरिकी सैन्य विमान इराकमा दुर्घटना


1.1k
Shares

एजेन्सी । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ ।

इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे । इन्धन भर्न प्रयोग भइरहेको दुई मध्ये एउटा विमान दुर्घटना भएको हो । अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ । सेन्ट्रल कमान्डका अनुसार विमान दुर्घटना हुनुमा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता देखिएको छैन । अहिले उद्धार कार्य जारी रहेकाे अमेरिकी सेनाले जनाएको हाे ।

समाचार एजेन्सी रोयटर्सले इरान समर्थित विराधी समूहले घटनाको जिम्मेवारी लिएको बताएकाे छ। विमानमा कति जना सवार थिए भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । यी विमानहरू युद्धकाे समयमा आकाशमै अन्य विमानहरूलाई इन्धन भर्न परिचालित गरिन्छन् । यसले लडाकु विमान र बमवर्षक विमानलाई आकाशमै इन्धन भरेर लामो दूरी तय गर्न मद्दत पुर्‍याउँछ ।