Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै….


1.8k
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला दुई हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनप्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाइएकाे छ।बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस पाँच हजार एक सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।