Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


निर्वाचन प्रहरीको बिदाई


156
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिदाई गरिएको छ । 

फागुन २१ मा सम्पन्न निर्वाचन गराउनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीको बिहीवार बिदाई गरिएको हो । उनीहरुलाई ४० दिनका लागि भर्ना गरिएकोमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुका साथै मतगणना समेत सम्पन्न भइसकेको छ ।

निर्वाचन प्रहरी अर्जुन खत्रीले शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भएमो खुशी व्यक्त गर्नुभयो । उहाँले अब बन्ने सरकारले निर्वाचन प्रहरीको लागि उचित रोजगारको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो । 

निर्वाचन प्रहरी रविना अधिकारीले छोटो अवधीका लागि भएपनि देशको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । जेन–जी आन्दोलनमा जगमा भएको निर्वाचनलाई शान्तीपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने चुनौतीको सामना गर्दै सफलतापूर्वक निर्वाचन सफल हुनु नै महत्वपूर्ण कुरा भएको उहाँको भनाइ छ ।

अब बन्ने सरकारले युवाहरुको मागबमोजिम रोजगारीको अवसर दिनुपर्नेमा उहाँको जोड छ । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि देशभर कुलकुल एक लाख ३९ हजार बढी निर्वाचन प्रहरी परिचालन भएका थिए ।