काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हाे। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनप्रतिऔंस पाँच हजार दुई सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्