Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


बंगलादेशका प्रधानमन्त्री रहमानले दिए शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई

बंगलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा

572
Shares

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री रहमानले साेमबार राति सामाजिक संजालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा समेत गर्नुभएकाे हाे । नेपाली नागरिकको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको सामर्थ्य यो निर्वाचनले झल्काएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले बंगलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गर्नुभएकाे हाे । प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्य विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।

बंगलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । आन्दोलनपछि गत माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएपछि रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।