खेमराज दाहाल-संवाददाता
उदयपुर । देशव्यापी रुपमा मतदाताहरूको समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
जम्मा २ लाख ३८ हजार ९ सय २६ जना मतदाता रहेको उदयपुरको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तर २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेका हुन् । यसअघि नेपाली कांग्रेसले जित्दै आएको उदयपुर-१ मा रास्वपाका उम्मेदवारले २० हजार बढी मतान्तर सहित विजयी भएका छन् । उदयपुर-१ मा रास्वपाका उम्मेदवार पारश मणि गेलालले ३० हजार ५ सय ९० मतसहित विजयी हुँदा पुरानादलहरु प्रतिस्पर्धामा समेत आउन सकेनन्। यहाँ निकटतम प्रतिद्वान्दी श्रम संस्कृति पार्टीले ११ हजार ६ सय ६ मात ल्याएकाे छ ।
त्यसैगरी उदयपुर -२ मा भने रास्वपाका उम्मेदवारले ७ हजार बढी मतान्तरसहित विजयी हुँदा पहिले आफूले जितेको स्थान हार व्यहोरेको नेकपा एमालेले ७ हजार ६ सय ४८ मत प्राप्त गरेको छ। यहाँ रास्वपाका सूर्यबहादुर तामाङ्गले १४ हजार ८ सय २ मत ल्याएर विजयी भएका हुनुभएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्