Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे


2.8k
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

गत शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर आइतबार चाँदी पाँच हजार चार ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँले बढेकाे हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस पाँच हजार एक सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।