Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङ-१ बाट आरेन राई विजयी


650
Shares

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत खोटाङ-१ को अन्तिम नतिजा सार्वजनिक भएको छ।

प्राप्त ताजा मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएकाे हाे । राईले १६ हजार ६ सय १२ मत प्राप्त गर्दै जित हासिल गर्नुभयाे। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पछाडि पार्नुभएकाे छ । राईले एमालेका उम्मेदवारलाई ३ हजार ८ सय ९८ मतान्तरले पराजित गर्नुभएकाे हाे ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गर्नुभयाे। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११ हजार ९ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएकाे छ।