Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


दोलखामा रास्वपाका जगदीश खरेल विजयी


598
Shares

काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी हुनुभएकाे छ ।

खरेलले३२ हजार ३ सय ७६ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४ हजार ४९ मत प्राप्त गर्नुभएकाे छ। खरेलले १४ हजार ९ सय २७ मतान्तरले जित हासिल गर्नुभएकाे हाे । त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गर्नुभएकाे छ।

साथै नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत प्राप्त गर्नुभएकाे हाे ।