Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


जेन्जी युवा मनिष पूर्वी नवलपरासी दुईबाट विजयी


0
Shares

नवलपरासी।

नवलपरासी पूर्व क्षेत्र नम्बर २ बाट रास्वपा उम्मेदवार जेन्जी युवा मनिष खनाल विजयी भएका छन् ।

खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिल बहादुर महतलाई २५ हजार ५ सय ९२ मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका हुन्।

युवा उम्मेदवार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम महतले १५ हजार ७ सय ५५ तथा काँग्रेस उम्मेदवार ओम बहादुर घर्ती मगरले १४ हजार ७ सय १३ मत ल्याएका छन् ।