Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी

एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठकाे लजास्पद हार

806
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी हुनुभएकाे छ।

२२ हजार ८ सय ५० मतका साथ पुन विजयी भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयाे। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५ सय २९ मत प्राप्त गरेका छन् ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो ।