Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


उदयपुरमा प्रहरीले बोकेको हतियारबाट अकास्मात गोली चल्याे


1.6k
Shares

काठमाडाैं । उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति पुगेकाे छ।

बिहीबार बिहान कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ‘खु’ मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको प्रहरीले बताउकाे हाे। इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट एक राउन्ड गोली पड्किएको थियो। उक्त गोली मतपेटिकामा लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।

गोली चल्दा मतपेटिकामा-४ वटा मत खसिसकेको थियो। मतपेटिकामा क्षति भए पनि भोट हालिसकेको मतपत्र सुरक्षित रहेको प्रहरीले बताएकाे हाे । उक्त मतपत्र क्षति नभएको अर्को मतपेटिकामा राखेर मतदान शुरू गरिएको छ।