काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गर्नुभएको छ ।
सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यस पटक सर्लाही–४ बाट उम्मेदवार रहनुभएकाे छ। बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो ।
हाल देशैभरी मतदान कार्य जारी रहेकाे छ।











प्रतिक्रिया दिनुहोस्