Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधि सभा सदस्य चयनका लागि आज मतदान हुँदै

३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा

104
Shares

काठमाडाैं । प्रतिनिधि सभाको सदस्य चयनका लागि बिहीबार मतदान हुँदैछ ।

निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको हाे । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको छ । निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन् । समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाईएको छ । देशभरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता मत खसाल्न योग्य रहेकाे आयाेगले जनाएकाे हाे ।

देशभरी १० हजार ९ सय ६७ मतदानस्थल, र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ । चुनाव गराउन ५ लाख ५६ हजार कर्मचारी र सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । २ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी र ३४ हजार ५ सय ७६ जना सशष्त्र प्रहरी चुनावको लागि खटाइएको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनको परिणाम स्वरुप तात्कालिन संसद विघटन भई प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन लागेको आयाेगले जनाएकाे हाे ।