Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


नेपालमा आज उच्च चापीय प्रणालीको प्रभाव


962
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागहरूमा भने तुँवालो पनि लागेको छ ।

त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने भएकाे हाे । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति तराई भू-भागका अधिकांश स्थानहरूमा तुँवालो रहने भएकाे छ। कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।