Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


काठमाडौंमा रोकिराखेका सवारी साधनमा आगजनी

घटनास्थलमा दुर्गा प्रसाई समूहको पर्चा भेटियो

4.5k
Shares

काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ ।

अज्ञात समूहले साेमबार राति महाराजगन्ज र नैकापमा गाडीमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी भएको जनाएकाे छ ।

प्रहरीले दुवै घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा फेला परेको जनाएको हाे । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले उक्त आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ ।

साेही घटनामा संलग्नको खोजीका लागि प्रहरीले अपरेसन शुरु गरेको छ । काठमाडौं प्रहरीले सीसीटीभी फुटेजको अध्ययन समेत भइरहेको जनाएको हाे ।