एजेन्सी । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरे लगत्तै रद्द गरिएको उडान साेमबार रातिदेखि सीमित रुपमा उडान शुरु गरिएकाे छ।
आबुधाबी विमानस्थल प्रशासनले तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान शुरु भएको जनाएकाे हाे । आक्रमण अघिकै अवस्थामा उडान सञ्चालन गर्न अझै समय लाग्ने समेत बताइएकाे छ । यसैबीच इरानले खाडीका देशप्रति आफ्नो कुनै शत्रुता नभएको दावी गरेकाे हाे । अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा जवाफी कारबाही गरेको इरानले छिमेकीसँग कुनै शत्रुता नभएको जिकिर गरेकाे छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य अखडा लक्षित आक्रमण गरिएको बताएको समाचार संस्था एएफपीले जनाएको हाे । अमेरिकी सैन्य अखडामा गरिएको रक्षात्मक प्रतिक्रियालाई खाडीका देशहरूविरुद्ध इरानले गरेको आक्रमणको रूपमा हेर्न नहुने जिकिर गरिएकाे छ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित केही सैन्य अधिकारी मारिएका छन् ।
इरानले आफ्नो शत्रुता खाडी देशहरु नभएको बताए पनि दुबई, अबुधाबी र कुवेत लगायत देशका विमानस्थल निशानामा परेका हुन् ।







प्रतिक्रिया दिनुहोस्