Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


साढे ३ लाख मानिस काठमाडाैं उपत्यकाबाट बाहिरिए


390
Shares

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न काठमाडाैं उपत्यकाबाट गाउँ जानेको संख्या बढेको छ ।

पछिल्लो एक हप्तामा साढे ३ लाख ५० जना उपत्यकाबाटबाट बाहिरिएका हुन् । बिहीबार हुने मतदान, सार्वजनिक बिदा तथा होली पर्वका कारण अधिकांह मानिसहरु उपत्यकाबाटबाट बाहिरिएसँगै काठमाडाैंमा हाल चहलपहल केही कम भएको छ । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तथ्यांक भन्दा अझै बढी यात्रु बाहिरिएको हुनसक्ने अनुमान गरेकाे जनाएकाे हाे । सार्वजनिक गाडी बाहेक निजी र हवाई यात्रामार्फत पनि यात्रुहरु बाहिरिरहेका छन् ।

नागढुङ्का, बल्खु, कोटेश्वर, साँखु र भक्तपुरको जगातीलगायत नाकामा जाँच कडा पारिएको छ । क्षमता भन्दा बढी यात्रु नबोक्न ट्राफिक प्रहरीले आग्रह गरेकाे हाे  । सरकारले बुधबार राति १२ बजेदेखि मतदान हुने दिन बत्रिहीबार साँझ ५ बजेसम्म अत्यावश्यक बाहेक सबै गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ । साेमबार राति १२ बजेदेखि मौन अवधि समेत शुरु भएको हाे।