Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


कोशी प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा हुँदै


156
Shares


काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

मंगलबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागिरहेकाे छ। कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे हाे। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा भने आंशिक बादल लाग्नेछ । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे हाे।