पाल्पा ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ ।
आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । स्वर्गीय दिल्लीप्रसाद आचार्यका ५ छोरा र ३ छोरी छन् ।
नारायणप्रसाद आचार्य पाल्पा-१ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।








प्रतिक्रिया दिनुहोस्