रामेछाप ।
रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमाबाट ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।
घटनमा परि नेपाल प्रहरीका असाई आरपी यादवको निधन भएको सितलादेवी मावि मतदान केन्द्रका मतदान अधिकृत रविराज खड्काले जानकारी दिए । घटनाको प्रहरीले पुष्टि गर्न भने बाँकि रहेको छ । दुर्घटना परी अन्य ६ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारको लागि मन्थली ल्याइँदै छ ।
तीन जना भने हामफालेर बच्न सफल भएका छन् । गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्