Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा २१० बोत्तल मदिरा र २ बाेरा चामल भेटियाे


4k
Shares

काठमाडाैं । सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ।

बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा प्रयोग भएको गाडीमा साेमबार मदिरा र चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे हाे । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा दुई बोरा चामल, २ सय १० बोत्तल मदिरा र दुई कार्टुन बियर-खाने तेल तीन कार्टुन फेला प्रहरीले बताएकाे छ।

प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका-४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको हाे। चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरीले निर्वाचनलाई लक्षित गरी ती सामान बाँड्न सक्ने आशंकामा नियन्त्रणमा लिएको प्रहरीले बताएकाे हाे । साेही घटनाकाे बारेमा रास्वपा सल्यानले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएकाे छैन । सल्यानमा कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपामा उम्मेदवार रहनुभएकाे छ । यसअघि गत शनिबार राति मोरङमा पनि प्रहरीले नेपाली कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो।

उक्त गाडीमा साढे ४ लाख नगद र कांग्रेसको प्रचारको पर्चा प्रहरीले बरामद भएको थियो।

Skip This