Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


होली मनाउन शुरू, वसन्तपुरमा चीर पूजा गर्नेको भीड


117
Shares

काठमाडाैं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ ।

साेमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभरी होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंकाे वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका हुन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड लागेकाे छ ।

साेमबार फागु पूर्णिमाको अवसरमा देशका पहाडी भू-भागमा होली खेलेर मनाइँदैछ । साेमबार पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक-अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न स्थानमा होली हर्षोल्लासमय समय बनेकाे हाे ।

Skip This