Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


पाकिस्तानमा अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको ज्यान गयाे, १०० बढी घाइते


1.9k
Shares

एजेन्सी । पाकिस्तानमा आइतबार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ ।

अन्य १ सय भन्दा बढी घाइते भएका हुन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धले जनाउकाे हाे । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याइएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनुभयो ।

अमेरिकी दुतावास इस्लामावादले एक विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ । यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीड-भाडबाट टाढा रहन र दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ ।

यी प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका हुन् । गत शनिबार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनीको हत्या भएको थियो । लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दूतावास बाहिर जम्मा भएका थिए । जहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इस्लामावादमा अधिकारीहरूले सेक्सन १४४ लागू गरेका छन् ।

जसले सबै प्रकारका भेलाहरूमा प्रतिवन्ध लगाएको हाे । उल्लङ्घनकर्ताहरूमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

Skip This