Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति


1.1k
Shares

काठमाडौं । । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आज बिहान प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।