Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


प्रतिनिधिसभा निर्वाचन: फागुन २१ गते साँझदेखि मतगणना कार्य शुरू गर्ने आयाेगकाे याेजना

मतदाताको प्रतीक्षाको समय छोट्याउन नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

169
Shares

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझदेखि मतगणना कार्य शुरु गर्ने योजना बनाएको छ ।

आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको प्रतीक्षाको समय छोट्याउन यस्तो रणनीति लिएको बताउनुभएको हो । आयोगले मतदान सम्पन्न भएलगत्तै छिटो भन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीब्र पारेको उहाँले बताउनुभयो । प्रवक्ता भट्टराईले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइने बताउनुभयाे ।

उहाँले आयोगको योजना अनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइने समेत बताउनुभयाे। यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनुभयो । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पार्नुभएकाे छ ।

स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको हाे। अधिकांश जसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि आयाेगले जनाएकाे छ।