Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


उनेपाले भाेलि खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने


143
Shares

काठमाडाैं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ ।

पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिनुभयो ।

सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दावी गर्नुभएकाे छ । मुलुकलाई भाषण नभई परिणाम चाहिएको उहाँकाे तर्क छ। अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने संयोजक गुरुङले जानकारी दिनुभयो ।

संयोजक गुरुङले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गर्नुभएकाे छ।