काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताउनुभएको छ ।
पोखरामा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरुलाई दुश्मनीको रुपमा लिन नहुने समेत बताउनुभयो । निर्वाचनपछि सबै दलहरुले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरुले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उहाँको भनाई थियो । उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा जोड दिनुभएकाे छ ।
उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्