Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


चुनावका लागि ११ राजनीतिक दल र साढे १६ सय बढी उम्मेदवारले मात्रै बैंक खाता खोले


156
Shares

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्र बैंक खाता खोलेकाे जनाएको छ ।

त्यसैगरी चुनावमा भाग लिएका ६५ दल मध्ये ११ वटाले मात्र खाता खोलेका हुन् । अहिलेसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेकाे आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

चुनावमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानूनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ ।