काठमाडौं । ओखलढुंगामा वृद्ध दम्पतीको हत्या तथा लुटपाटमा सलंग्न व्यक्तिहरु पुर्पक्षका लागि कारागार तथा बाल सुधार गृह चलान भएका छन् ।
वृद्ध दम्पतीको हत्या र लुटपाटमा सलंग्न ३४ वर्षीय धन बहादुर राना मगरलाई ओलखढुंगा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा कारागार कार्यालय ओखलढुंगा चलान गरिएको हाे । साथै सोही घटनामा संलग्न १ जना नावालकलाई बालसुधार गृह विराटनगर पठाइएको प्रहरीले बताएकाे छ ।
उनीहरु गत माघ १२ गते ओखलढुंगा चिशंखुगढी गाउँपालिका -६ बोहोरेस्थित ७४ वर्षीय चन्द्र बिक्रम राई र उनको श्रीमती ८० वर्षीया की चन्द्र माया राईको लुटपाट पछि विभत्स हत्यामा संलग्न थिए । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी),कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुसन्धान टोलीले संयुक्त रूपमा घटनाको अनुसन्धान गरी काठमाडौंको डल्लुबाट पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्