काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुहुने भएके छ।
यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाकाे बारेमा जानकारी दिन उहाँले पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे हाे । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ। पार्टी केन्द्रीय कार्यालयले कार्यक्रममा संयोजक दाहालले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रस्ट पार्नुहुने जनाएकाे हाे ।
निर्वाचन सम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले संयोजक दाहालको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएकाे नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। देशभरी चुनावी सरगर्मी बढिरहेका समयमा सयाेजक दाहालले सार्वजनिक गर्ने धारणालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको हाे।
सञ्चारकर्मीलाई उक्त कार्यक्रमको समाचार संकलनका लागि निमन्त्रणा समेत गरिएकाे छ ।







प्रतिक्रिया दिनुहोस्