एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आठ करोड ब्यारेल भन्दा बढी तेल प्राप्त गरेको जानकारी गराउनुभएको छ ।
अमेरिकी संसद कङ्ग्रेसमा वार्षिक ‘स्टेट अफ द युनियन’ लाई बुधबार सम्बोधन गर्दै उहाँले नयाँ साझेदार भेनेजुएलाबाट तेल पाएको बताउनुभएको बीबीसीले जनाएको हाे । उहाँले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा धेरैले बढेको दावी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्याउनुभयाे । अमेरिकाले विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि भेनेजुएलाको तेल अमेरिकामा भित्रन थालेको हो । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने संकेत पनि दिएको छ ।
त्यस्तै, राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वमा आफूले हस्तक्षेप नगरेको भए त्यहाँ आणविक युद्ध हुने र साढे तीन करोड मानिस मारिने दावी गर्नुभयाे । आफ्नो कार्यकालको १० महिनामा आठ युद्ध समाप्त गरेको दावी गर्दै उहाँले भारत र पाकिस्तानको युद्ध रोक्नु ठूलो मानवीय जीवको सुरक्षा भएको बताउनुभएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो अहिलेसम्मकै लामो एक घण्टा ५० मिनेटको सम्बोधनमा गर्नुभएकाे हाे । साेही सम्बोधनमा उहाँले अमेरिका पहिले भन्दा ठूलो, राम्रो, धनी र बलियो भएको दावी गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्