Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सरस बेभरेजद्वारा साम्बालाई आर्थिक सहयोग


1.4k
Shares

काठमाडाैं ।

विश्वप्रसिद्ध ब्रान्ड रेड बुल नेपालमै उत्पादन गर्दै आएको सरस बेभरेजले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचार सहयोगस्वरूप १० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

नेपाली खेलकुद तथा खेलाडीहरूको विकास र प्रोत्साहनका लागि संस्था सदैव प्रतिबद्ध रहेको सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बताउनुभयो। संस्थाले जारी गरेको विज्ञप्तिअनुसार, साम्बा केवल नेपालको गर्व मात्र नभई नेपाललाई विश्वसामु चिनाउने प्रेरणादायी व्यक्तित्व हुनुका साथै विश्वभरका धेरै खेलप्रेमी र खेलाडीहरूका लागि समेत प्रेरणाको स्रोत बन्न सफल हुनुभएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “साम्बाले नेपाली महिला फुटबलको आत्मा, ऊर्जा र संघर्षको प्रतिनिधित्व गर्दै आएकी छिन्। उहाँले नेपाल मात्र होइन, विश्वभरका धेरैलाई प्रेरित गर्नुभएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुनः मैदानमा फर्केर नेपाली फुटबलको स्पिरिटलाई अझ सशक्त बनाउने विश्वास लिएका छौं।”

साथै, कम्पनीले आगामी दिनहरूमा आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्दै उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Skip This