Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


रोल्पाली जनताको शिर उचो बनाउने काम गरेको नेता पुनकाे दावी


195
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको दावी गर्नुभएकाे छ।

आगामी दिनमा समेत जिल्लाबासीले शिर झुकाउनुपर्ने काम नहुने उहाँले जिकिर गर्नुभएकेाे हाे । फागुन २१ गते हुने प्रतिनिसभा निर्वाचनका लागि बुधबार सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश अपिल जारी गर्दै उहाँले यस्ताे जिकिर गर्नुभएकाे छ । उहाँले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि आफूबाट त्यस्ता काम नहुने बताउनुभयाे ।

उहाँले जनप्रतिनिका रुपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामकाे बारेमा विस्तारमा चर्चा गर्गनुभएकाे छ। जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाकाे बारेमा सबै जानकार रहेको नेता पुनकाे भनाइ थियाे ।

त्यस्तै, जिल्ला भरीका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिंचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको समेत उहाँले उल्लेख गर्नुभएकाे छ। जनयुद्ध र जन-आन्दोलनमा अतुलनीय योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रुपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।

उहाँले आफूहरु निरन्तरको त्याग, बलिदान, निरन्तरता र संकल्पसहित भएको शक्ति भएको दावी समेत गर्नुभएकाे छ । नेता पुनले हावाहुरी, बिना विचार, बिना सिद्धान्त बिना इतिहास र बिना पृष्ठभूमिका शक्ति या व्यक्तिको पछि कोही पनि लाग्न नहुने बताउनुभयाे ।