Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


काठमाडौंको एक होटलमा बन्धक बनाइएका पूर्ण बोहराको सकुशल उद्धार

अपहरण अभियोगमा ३ जना प्रहरीकाे नियन्त्रणमा

1.5k
Shares

काठमाडौं। काठमाडौंको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताएकाे हाे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’ बाट पीडितको उद्धार गरेको जनाएकाे छ ।

साेही होटलका सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नम्बर १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई सकुशल उद्धार गरेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिव बहादुर घर्ती रहेकाे प्रहरीले बताएकाे हाे ।

पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।