Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


दक्षिण अफ्रिकाका जार्भिसले डीपी वर्ल्ड टुर उपाधि जिते


65
Shares

एजेन्सी । दक्षिण अफ्रिकाका २२ वर्षीय गोल्फर केसी जार्भिसले वायर–टु–वायर जित हासिल गर्दै आफ्नो पहिलो डीपी वल्र्ड टुर उपाधि जितेका छन् ।

केन्याको राजधानी नैरोबीमा आयोजित सन् २०२६ म्याजिकल केन्या ओपनमा उनले उपाधि जितेका हुन् । पहिलो तीन राउण्डपछि साझा नेतृत्वमा रहेका जार्भिसले अन्तिम राउण्डमा मौसमका कारण दुई पटक खेल रोकिएको अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले अन्तिम राउण्डमा ६२ स्कोर गर्दै छ बर्डी र दुई ईगल प्रहार गरेका थिए । जसमा अन्तिम होलमा ईगल गरेर तीन स्ट्रोकको जित सुनिश्चित गरेका हुन्। कुल स्कोर २५ अण्डर पार (२५५) रहेको थियो ।

अमेरिकाका डेभिस ब्रायन्टले २२ अण्डर पारसहित दोस्रो स्थान हासिल गरेका छन् । जार्भिसकै देशका हेनि डु प्लेसिस २१ अन्डर पारमा तेस्रो भए । गत वर्षका विजेता दक्षिण अफ्रिकाकै ज्याक क्रुयस्विज्कले अन्तिम राउण्डमा ६५ स्कोर गर्दै टप २० मा स्थान बनाए । केन्याली गोल्फर न्जोरोगे किबुगु कट बनाउने एकमात्र केन्याली खेलाडी थिए । उनले कुल ६ अन्डर पारसहित ६१औं स्थानमा प्रतिष्पर्धा समाप्त गरेका छन् । यो जित जार्भिसको ८४औं डीपी वल्र्ड टुर सुरुवात र केन्या ओपनमा उनको चौथो सहभागितामा आएको हो ।

उनले करेन कन्ट्री क्लवमा कीर्तिमानी प्रदर्शन गर्दै उपाधि हासिल गरेका छन् ।