Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै


1.9k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बुधबार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागिरहेकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने भएकाे छ। गण्डकी प्रदेश र बाँकी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-+हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।