Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पाथीभरा मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)


208
Shares

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ।

आज दिउँसो सामान्य वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो। उहाँका अनुसार पाथीभरा क्षेत्रको मौसम केही दिनदेखि धुम्मिएको थियो। पाथीभरामा आजसमेत गरी यो वर्ष चार पटक हिउँ परेको छ।

हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ। जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयले बताएका छन्। दिउँसो जिल्लाका अधिकांश भेगमा सामान्य वर्षा समेत भएको छ।

लामो समयदेखि वर्षा नहुँदा किसान भने समस्यामा छन्। हिउँदे बालीमा सिँचाइ नहुँदा किसान समस्यामा परेका हुन्। आज परेको वर्षा सिँचाइका लागि भने पर्याप्त नभएको किसानहरूले बताएका छन् ।