Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


प्रहरी प्रधान कार्यालय नक्सालमा‘एआई सेल’ स्थापना


156
Shares

काठमाडाैं । नेपाल प्रहरीले डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको जनाएको हाे । नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको साेमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो ।उहाँले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी चुनावसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गर्नुभएकाे छ।

मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेकोतर्फ ध्यान दिँदै प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग-डिजिटल ‘म्यानिपुलेसन’बाट सिर्जित झुटा सामग्रीहरू सबैको साझा चिन्ताको विषय बनेको उहाँकाे भनाइ छ ।