Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


एमालेका अध्यक्ष ओलीद्वारा धादिङमा भएकाे बस दुर्घटनाप्रति दु:ख व्यक्त


286
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ।

अध्यक्ष ओलीले साेमबार सामाजिक सञ्जालमार्फत घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका परिवारमा समवेदना व्यक्त गर्नुभउकाे हाे । उहाँले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे छ। पोखराबाट काठमाडाैं आउँदै गरेको  ग १ ख १४२१ नम्बर यात्रुबाहक बस आइतबार रातीिधादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी २४ जना यात्रु घाइते भएकाे प्रहरीले बताएकाे हाे ।

Skip This