Logo १ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026


काठमाडौंमा घर फोडेर ५६ लाखभन्दा बढीको गरगहना चोरी


2k
Shares

काठमाडौं ।

काठमाडौंमा दिनदहाडै घर फोडेर ठूलो परिमाणमा चोरी भएको छ। चोरहरूले करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद रकम लुटेको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरपालिका–२६ सरकारी धारा नजिक डेरा गरी बस्दै आएकी बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसो चोरी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो ढोका फोडेर कोठाभित्र प्रवेश गरेका चोरहरूले सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका हुन्।

घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीकार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।