Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


राजनीतिक दल र उम्मेदवारलाई बैंक खाता खोल्न आयोगको ताकेता

हालसम्म ७ राजनीतिक दल र ८ सय ६७ जना उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

299
Shares

काठमाडाें । निर्वाचन आयोगले बैंक खाता खोल्ने काम ढिलाइ नगर्न राजनीतिक दल र उम्मेदवारलाई ताकेता गरेको छ ।

आयोगले चुनावकाे प्रचारप्रसार सम्बन्धी सबै खर्च नयाँ खातामार्फत हुनुपर्ने भएकाले बाँकी उम्मेदवारलाई तत्काल खाता खोल्न स्मरण गराएको हो । आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले शुक्रबार आइतबार र सोमबारसम्ममा धेरै जसो उम्मेदवारले खाता खोलिसक्ने अपेक्षा आयोगको रहेको बताउनुभएको छ । आयोगले चुनावमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारले बैंक खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको हाे ।

आयोगले अहिलेसम्म ७ दल र ८ सय ६७ जना उम्मेदवारले बैंक खाता खोलेको जानकारी प्राप्त भएकाे जनाएकाे छ ।