काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ ।
भवन निर्माणको पछिल्लो अवस्थाकाे बारेमा जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षा अनुसार नभएको भन्दै निर्माणको तीव्रता नदेखिएको उल्लेख गर्नुभयो । यद्यपि पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको समेत बताउनुभएकाे हाे । उहाँले सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रियसभा सञ्चालन हुने कक्षहरू तयार हुनुपर्नेमा जाेड दिनुभएकाे छ ।
चुनावपछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको अध्यक्ष दाहालको बताउनुभयाे।






प्रतिक्रिया दिनुहोस्