काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले चुनावका निम्ति आवश्यक स्रोत-साधनको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडाैंमा शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा बाेल्दै उहाँले चुनावलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएकाे हाे। अर्थमन्त्री खनालले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबै भन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री खनालले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभएकाे छ । उहाँले देशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको र त्यसका लागि विविध नीतिगत काम भएको समेत जानकारी दिनुभएकाे छ।






प्रतिक्रिया दिनुहोस्