काठमाडौं । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ ।
भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा खेल्ने भएका छन् । त्यस्तै, विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेष्ट इन्डिजले पनि आगामी विश्वकपमा स्थान निश्चित गरेका हुन् । सुपर–८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्ने भएको छ।
त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामामाथि रहेका ३ राष्ट्रले पनि आगामी विश्वकप खेल्न पाउने भएका हुन् । भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन । ८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउने भएकाछन् ।






प्रतिक्रिया दिनुहोस्