Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको ज्यान गयाे, २७ घाइते


1.9k
Shares

एजेन्सी । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी करिब ३८ जना खानी मजदुरको मृत्यु भएको छ।

स्थानीय स्रोतले पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा परी अन्य २७ जना घाइते भएकाे जनाएकाे हाे । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले मानिसहरू खानिको खाल्डोमा भएकाे र अचानक ग्यास विस्फोट बताएका छन् ।

पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा करिब १८ जनाको मृत्यु भएको थियो ।