Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


७६औं प्रजातन्त्र दिवस आज देशैभरी विविध कार्यक्रम गरी मनाइँदै

देशैभरी आज सार्वजनिक बिदा

130
Shares

काठमाडाैं । ७६औं प्रजातन्त्र दिवस बिहीबार देशैभरी विविध कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ ।

२००७ सालमा एक सय ४ वर्ष लामो जहानियाँ राणा शासन फालेर मुलुकमा प्रजातन्त्र बहाली भएको दिन हाे । सरकारी तहबाट काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुने भएकाे छ। जनस्तरमा पनि विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरिने भएकाे छ। १९०३ सालको कोत पर्वपछि नेपालमा शुरु भएको राणा शासनको अन्त्य यहि दिन अर्थात फागुन ७ गते भएकाले आजको दिनलाई नेपालीहरु एकतन्त्रीय शासन ब्यवस्थाबाट मुक्त भएको मुक्ति दिवसको रुपमा पनि मनाउने गरिन्छ ।

नेपालको पहिलो राजनीतिक संगठन प्रजा परिषदले राणा शासन विरुद्ध फुकेको विगुल नेपाली कांग्रेसको सशस्त्र विद्रोह हुँदै २००७ फागुन ७ गते राणा शासन अन्त्य गर्न सफल भएको थियो । नेपाली कांग्रेसको सशस्त्र विद्रोहकाबीच राजा त्रिभुवन दरबारबाट निस्किएर नयाँ दिल्ली पुगेपछि राणाहरु दिल्ली सम्झौता गरेर शासन सत्ता जनताको हातमा सुम्पिन तयार हुनुभएकाे थियाे । दिल्ली सम्झौतापछि आजकै दिन राजा त्रिभुवनले नेपाल फर्किएपछि टुँडिखेलबाट नेपालमा राणाशाहीको अन्त्य भएको र मुलुकमा प्रजातन्त्र बहाली भएको घोषणा गर्नुभएको थियो ।

साेही अवसरमा सरकारले बिहीबार देशैभरी सार्वजनिक बिदा समेत दिएको छ ।