इलाम ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला इलाममा चुनावी तयारीले तीव्रता पाएको छ ।
फागुन २१ लाई लक्षित गर्दै प्रशासनिक, प्राविधिक र सुरक्षा संयन्त्र एकसाथ सक्रिय भएका छन् ।
जिल्लाभर २ लाख ३१ हजार मतदातालाई मतदान प्रक्रियामा सहज र सुरक्षित सहभागिता गराउन १ हजार ७ सय ४० जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लामा एक सय ५० मतदानस्थल अन्तर्गत २ सय ९० मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएलका अनुसार मतपत्र बाहेकका सम्पूर्ण निर्वाचन सामग्री जिल्ला आइपुगेका छन् । सुरक्षाकर्मीको उपस्थितिमा ती सामग्रीको प्याकिङ कार्य तीव्र रूपमा भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्