Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


पपुलिस्ट शक्तिहरुले देशको भार थेग्न सक्दैन : गगन थापा


780
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पपुलिस्ट शक्तिहरुले देशकाे भार थेग्न नसक्ने बताउनुभएकाे छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा सभापति थापाले पपुलिस्ट शक्तिहरुले देशकाे भार थेग्न नसक्ने बताउनुभएकाे हो ।

नेपाली काँग्रेसका सभापति गगन थापा पनि नयाँ शक्तिहरुसंग सशंकित रहेको देखिएको छ । नयाँ शक्तिहरुलाई पपुलिस्ट शक्ति भन्दै थापाले पपुलिस्टहरु सत्तामा पुगे देशले थेग्न नसक्ने दाबी पनि गर्नुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने भन्दै आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरु सत्तामा पुगे भने देशले त्यसको भार थेग्न सक्दैन भन्नुभयो । यति बेला देशलाई पपुलिस्टहरुबाट जोगाउनु पनि चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले नेपाललाई अहिले सुधार चाहिएको र आफूहरु सुधारको ग्यारेन्टी लिएर उभिएको दाबी गर्दै थापाले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको जिकीर पनि गर्नुभयो ।

नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको स्वीकार्दै थापाले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज छ भन्नुभयो ।